१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्न लागेको छ ।

पार्टी एकताको पहल गर्न भन्दै शनिबार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो ।

आज फेरि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सचिव तामाङका अनुसार बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णता लगायतका विषयमा छलफल हुने भएको छ ।

यससँगै कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे बैठकमा छलफल हुनेछ ।

शनिबार बोलाइएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएको थिएन । आजको बैठकमा पनि सहभागी हुने नहुने एकीन छैन ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज