१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बारबरा एडम्स पुरस्कारमा लुम्बिनी प्रदेशको वर्चश्व, प्रदेशबाट डा.नन्दु, डा.राजन र डा.प्रकाश सम्मानित



बुटवल। बारबरा फाउन्डेसन पुरस्कृत हुने चिकित्सकहरुमा लुम्बिनी प्रदेशको वर्चश्व कायम रहेको छ ।

कोभिड १९ विरुद्ध अग्रभागमा रहेर स्वास्थ्य सेवा दिने चिकित्सक सहित समाजका विभिन्न ब्यक्तिहरुलाई सम्मानित गर्ने क्रममा लुम्बिनी प्रदेशले पुरस्कारमा वर्चश्व कायम गरेको हो ।

कोभिड १९ विरुद्ध अहोरात्र खटिने लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दुप्रसाद पाठक, भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. राजन पाण्डे, भेरीकै मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापा बारबरा एडम्स पुरस्कारबाट सम्मानित भएका हुन् । पाठकसहित पाण्डे र थापा कोभिड-१९ विशिष्ट सम्मानबाट सम्मानित भएका हुन्।

देशभरका २० चिकित्सकसहित नर्सिङ स्टाफ र सहयोगी गरी १ सय जनालाई सम्मान गरिएको हो । शनिबार काठमाडौमा एक कार्यक्रमका बीच उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । तीनैजनाले नगद २ लाख ५५ हजार सहित सममान पत्र प्राप्त गरेका छन् ।

पुरस्कारको मुल्याकंन समितिमा डा. भगवान कोइराला, डा. लोसन कार्की र डा.सञ्जीव रुईत रहेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ३५ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले