५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

११ दिनपछि पांच बुंदे सहमति सहित बुटवलको कोरोना अस्पतालमा ज्यान गुमाएका बाबुरामको शब उठयो



बुटवल । बुटवलको कोरोना (विशेष) अस्थायी अस्पतालको आइसोलेसमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको ११ दिनपछि शव बुझ्ने सहमति जुटेको छ ।

३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिदै गएपछि ११ औं दिनमा परिवार र सरकारी (सरोकारवाला) पक्षबिच सहमति जुटेको हो ।
प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयमा आज भएको सर्बपक्षिय छलफलले सहमति जुटाएको हो । उपचारमा अस्पतालको लापरवाहीका कारण बाबुरामको मृत्यु भएको भन्दै आफन्तले न्याय पाउनुपर्ने अडानमा थिए ।

आज भएको सहमतिमा परिवारलाइ दिनेगरि आधारभूत राहत कोष बनाउने जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ । र त्यसमा आर्थिक सहयोग थप जुटाइने छ । सोहि कोषमा समाजसेवी दाताहरुको सहयोगबाट आजमात्रै साढे ८ लाख रकम संकलन भैसकेको युवा उद्यमी जगत पोखरेलले बताउनुभयो ।

त्यसका लागि पूर्व सांसद बिनोद पहाडी, युवा उद्यमी जगत पोखरेल, अधिकारकर्मी पदम कार्की, होटल ब्यबसायी समुद्र जिसिको पहल र जिम्मेबारीमा रहनेगरि कोष बनाइएको हो ।

त्यस्तैगरि २ वटा छोराहरुलाई उच्च शिक्षासम्म पठनपाठन र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाइ सैनामैनामै स्थानीय सरकारले योग्यता अनुसारको रोजगार दिने लिखित सहमति भएको पुर्व सभासद विनोद पहाडीले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालको शवग्रहमा रहेको शव परिवारले बुझेर अन्तिम संस्कार गर्नेछन् । यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ । पिडितपक्षको माग सम्बोधन गर्न सरोकारवाला पक्षलाई चौतर्फि दवावको लागि मानव अधिकारकर्मी र नागरिक समाज लागि परेको थियो ।

पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भई थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ । दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।

अस्पतालमा भर्ना भएको चौथो दिन चैत्र १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो । उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : ५९ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११