२१ माघ २०८२, बुधबार | February 4, 2026

११ दिनपछि पांच बुंदे सहमति सहित बुटवलको कोरोना अस्पतालमा ज्यान गुमाएका बाबुरामको शब उठयो



बुटवल । बुटवलको कोरोना (विशेष) अस्थायी अस्पतालको आइसोलेसमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको ११ दिनपछि शव बुझ्ने सहमति जुटेको छ ।

३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिदै गएपछि ११ औं दिनमा परिवार र सरकारी (सरोकारवाला) पक्षबिच सहमति जुटेको हो ।
प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयमा आज भएको सर्बपक्षिय छलफलले सहमति जुटाएको हो । उपचारमा अस्पतालको लापरवाहीका कारण बाबुरामको मृत्यु भएको भन्दै आफन्तले न्याय पाउनुपर्ने अडानमा थिए ।

आज भएको सहमतिमा परिवारलाइ दिनेगरि आधारभूत राहत कोष बनाउने जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ । र त्यसमा आर्थिक सहयोग थप जुटाइने छ । सोहि कोषमा समाजसेवी दाताहरुको सहयोगबाट आजमात्रै साढे ८ लाख रकम संकलन भैसकेको युवा उद्यमी जगत पोखरेलले बताउनुभयो ।

त्यसका लागि पूर्व सांसद बिनोद पहाडी, युवा उद्यमी जगत पोखरेल, अधिकारकर्मी पदम कार्की, होटल ब्यबसायी समुद्र जिसिको पहल र जिम्मेबारीमा रहनेगरि कोष बनाइएको हो ।

त्यस्तैगरि २ वटा छोराहरुलाई उच्च शिक्षासम्म पठनपाठन र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाइ सैनामैनामै स्थानीय सरकारले योग्यता अनुसारको रोजगार दिने लिखित सहमति भएको पुर्व सभासद विनोद पहाडीले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालको शवग्रहमा रहेको शव परिवारले बुझेर अन्तिम संस्कार गर्नेछन् । यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ । पिडितपक्षको माग सम्बोधन गर्न सरोकारवाला पक्षलाई चौतर्फि दवावको लागि मानव अधिकारकर्मी र नागरिक समाज लागि परेको थियो ।

पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भई थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ । दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।

अस्पतालमा भर्ना भएको चौथो दिन चैत्र १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो । उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ५ : ५९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता