१४ चैत्र २०८२, शनिबार | March 28, 2026

मेलम्चीको ५१ अर्ब लगानी जोखिममा



काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ । मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो । अम्बाथानस्थित आयोजनाको हेडवक्र्सभन्दा माथिल्लो भेग बाढीपहिरोका कारण चिराचिरा परेको छ ।

मेलम्ची जलाधार क्षेत्रको कमजोर संरचना भत्किने क्रम जारी छ। जलाधार क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन । यद्यपि जलाधार क्षेत्र नै भत्किन पुग्दा मेलम्चीको पानीको मुहान नै सुक्ने हो कि भन्ने आशंकासमेत उब्जिएको छ । सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनाको पहिलो र दोस्रो खण्डमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ । त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा खर्च भएको हो । यसबाहेक मेलम्चीको पानी सुन्दरीजलमा आएपछि उपत्यकाबासीको घरदैलोमा पुर्‍याउने संरचनामा निर्माणमा २१ अर्ब खर्च भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले बताए ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्त मेलम्ची नदीमा बारम्बार अकल्पनीय बाढीपहिरो आउने क्रम नरोकिएकाले आयोजनाको लगानी जोखिमा पर्ने हो कि भन्ने आंशका उब्जिएको बताउँछन् । ‘मेलम्ची खानेपानी आयोजनामा राज्यको ठूलो धनराशि र समय खर्च भएको छ,’ उनले भने, ‘मेलम्ची आयोजनामा बाढीपहिरोले पारेको प्रभावबारे विस्तुत अध्ययन नगरेसम्म क्षतिबारे अनुमान गर्न पनि कठिन छ ।’ समितिको प्रवक्तासमेत रहेका पन्त आयोजनाको मुख्य हेडवक्र्ससहितको पूर्वाधारमा अहिलेसम्म ठूलो क्षति नभएको बताउँछन् । ‘अहिले प्रारम्भिक रूपमा मेलम्ची आयोजनाको जलाधार क्षेत्र र पहुँचमार्गमा ठूलो क्षति भएको देखिन्छ,’ उनले भने, ‘जलाधार क्षेत्रमा भएको क्षतिको विस्तृत अध्ययन अनुसन्धान नगर्दासम्म भन्न सकिने अवस्था छैन । तर पनि बाढीपहिरोले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरेरै भए पनि मेलम्चीको पानी ल्याउनेछौं ।’

निर्देशक श्रेष्ठले पनि ढिलोचाँडो मेलम्चीको पानी काठमाडौं आउने बताए । ‘जलाधार क्षेत्रमा भएको क्षतिले मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने कार्य प्रत्यक्ष प्रभावित भएको छ,’ उनले भने, ‘मेलम्चीको पानी आउन केही समय लाग्ला तर निर्माण गरिएको पूर्वाधार कामै नलाग्ने भन्ने हुँदैन । राष्ट्रिय गौरवको आयोजना भएकाले पनि सरकारले प्राथमिकताका साथ निर्माण कार्य अघि बढाउनेछ ।’ यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : १८ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री