२२ माघ २०८२, बिहिबार | February 5, 2026

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै, सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिने



काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिई शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने कार्यदलका एक सदस्यले बताए ।

यसअघि सोमबार बिहान बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको थियो ।

सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका लागि सत्तारूढ दलले न्यूनतम कार्यक्रम बनाउन लागेको हो । यसका लागि कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल नै बनेको छ ।

कार्यदलको बैठक शनिबार पनि बसेको थियो । आइतबार कार्यदलका केही नेताबीच छलफल भई मस्यौदा तयार गरिएको छ ।

न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकताका क्षेत्र तय गरिनेछ । कार्यदलले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकताको क्षेत्र निर्धारण गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ३३ बजे

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक