२२ माघ २०८२, बिहिबार | February 5, 2026

काठमाडौंमा धर्ना, जुलुस भीडभाडजन्य क्रियाकलाप नगर्न प्रशासनको चेतावनी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाडजन्य क्रियाकलाप नगर्न अपील गरेको छ ।

काठमाडौं प्रशासनले मंगलबार एक सूचना प्रकाशित गर्दै विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको हो ।

पछिल्लो केही दिनयता काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै प्रशासनले स्वास्थ्य मापदण्ड विपरितका गतिविधि नगर्न आग्रह गरेको हो ।

कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावना देखिएकोले मापदण्ड विपरितका कुनै पनि गतिविधि नगर्न प्रशासनले सबैलाई सचेत गराएको छ । कोरोना संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको अवस्था भएकोले कोरोना संक्रमणको दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै जिम्मेवारी र भूमिका रहने सूचनामा जनाइएको छ ।

प्रशासनले निषेधाज्ञा कायमै रहेको स्मरण गराउँदै संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, (यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन नगर्न/नगराउन सबै पक्षलाई सचेत गराएको छ ।

निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने चेतावनी पनि प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : १६ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका