७ श्रावण २०८३, बिहिबार | July 23, 2026

मन्त्रालय भागबण्डामा रस्साकसी : शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने सम्भावना



काठमाडौं । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका दलहरूबीच कुन-कुन मन्त्रालय लिने भन्ने बारेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले भने आगामी शुक्रबारसम्ममा मन्त्रीमण्डल विस्तार हुनसक्ने बताएका छन । उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल जारी रहेको जानकारी दिँदै भने-‘पार्टीभित्र मन्त्री छान्ने विषयमा गृहकार्य भइरहेको छ ।’ नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनको साझा कार्यक्रम तयार गर्न समय लागेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको बताए ।

उनले नेपाल समाचारपत्रसँग भने- ‘शुरूमा त माधवजीहरूलाई पनि कुरेको हो, अहिले माधवजीकै कारण मन्त्रीमण्डल विस्तार रोकिएको भने होइन, साझा कार्यक्रम सार्वजनिक भएपछि विस्तार होला कि ?’ उनका अनुसार नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ ।सत्तारूढ गठबन्धनले सरकाको न्यूनतम साझा कार्यक्रम तयार गरेर मन्त्रीमण्डल विस्तार गर्ने नीति लिए पनि साझा कार्यक्रम बनाउन गठित कार्यदलले अझै कार्यक्रम सार्वजनिक गर्न सकेको छैन । सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशिस जारी राखेका छन ।

मंगलबार पनि प्रचण्डले नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । नेता नेपालले प्रधानमन्त्री देउवालाई मन्त्रीमण्डल विस्तार गरेर अगाडि बढ्न सुझाव दिइसकेका छन । तर, माओवादीका अध्यक्ष प्रचण्डले दैनिकरूपमा नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन । उता नेपाल समूहका २२ जना सांसदले सरकारमा सहभागी हुन दबाब दिइरहेका छन् ।

सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबण्डामा मोटामोटी सहमति जुटे पनि कुन-कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा अझै टुंगो लाग्न नसकेको बताइएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्रालय दाबी गरेको छ । तर, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा समान हुनुपर्ने अडान राख्दै आएका छन् । यदि, नेपाल समूह आएको अवस्थामा सम्मानजक मन्त्रालय दिने विषयमा भने तीन दल सहमत भएका छन् । गठबन्धनमा कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा रहेका छन् । तर राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताएको छ । यो समाचार आजको नेपाल समाचापत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ७ : ३७ बजे

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार