२२ माघ २०८२, बिहिबार | February 5, 2026

चार दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र



बैतडी । जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध रहेको छ । गत आइतबारदेखि अवरुद्ध बनेको राजमार्ग अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण बैतडीको पाटन नगरपालिका-८ झौलेकमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

राजमार्ग पुनः सञ्चालनका लागि भासिएको सडकलाई भत्काएर पर्खाल लगाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

“वर्षाका कारण पर्खाल लगाउने कार्य प्रभावित भएको छ”, उनले भने, “पर्खाल नलगाउँदासम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन, पर्खालको निर्माण सम्पन्न हुन अझै एक दुई दिन लाग्ने देखिएको छ ।”

चार दिनदेखि राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका १०० भन्दा बढी सवारी साधन ठप्प रहेका छन् ।

सवारी साधन ठप्प हुँदा यात्रु पनि अलपत्र परेका छन् । यस्तै बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिकालगायत ठाउँबाट अन्यत्र जाने यात्रु पनि मार्कामा परेका छन् । वर्षातको समयमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ५४ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद