३ पुस २०८२, बिहिबार | December 19, 2025

स्वास्थ्य सुरक्षा मापदण्डबीच कक्षा १२ को परीक्षा सञ्चालन गरिने



काठमाडौं । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिए । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट गरेको छ ।

एक बेन्च एक परीक्षार्थी

बोर्डले यस पटक कक्षा १२ को परीक्षामा एक बेन्च, एक विद्यार्थीको नीति लागू गराउनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने भएको छ ।

यसबाट परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुने अध्यक्ष पौडेल बताउँछन् । सबैभन्दा धेरै विद्यार्थी हुने अनिवार्य विषयका दिन उपपरीक्षा केन्द्र राख्न पाउने सुविधा बोर्डले परीक्षा केन्द्रहरूलाई दिएको छ ।

परीक्षा केन्द्र नजिकैको विद्यालय, कलेजमा उपपरीक्षा केन्द्र सञ्चालन गर्न सकिनेछ । केन्द्रमा विद्यार्थीको भीडभाड न्यून होस् भनेर यस खालको प्रबन्ध मिलाइएको बोर्डले जनाएको छ । यसका साथै परीक्षा केन्द्रमा मास्क, सेनिटाइजर अनिवार्य गराइनेछ भने विद्यार्थी, शिक्षकलाई हात धुने प्रबन्धसमेत मिलाउनुपर्नेछ ।

शङ्का लागे अलग्गै परीक्षा

विद्यार्थीलाई कोरोना भाइरसको कुनै शङ्का लागेको भए अलग्गै कोठामा राखेर परीक्षासमेत लिइनेछ । शङ्का लागेका विद्यार्थीलाई मात्र अलग्गै आइसोलेट गरेर परीक्षा लिइने जानकारी उनले दिए । विद्यार्थीले सङ्क्रमणकै कारण परीक्षा दिन नपाउने अवस्था भए नियमित परीक्षा सकिएपछि पुनः परीक्षा लिइनेछ । कोरोना लागेकै कारण पनि विद्यार्थी परीक्षाबाट वञ्चित हुनु नपर्ने उनले बताए ।

यी विद्यार्थीको परीक्षाफल पनि नियमित विद्यार्थीसँग एकसाथ गरिनेछ । यसका साथै कोरोना लागेका कारण परीक्षा दिन नपाएका विद्यार्थीले होम सेन्टरबाटै परीक्षा दिनसमेत पाउनेछन् । अन्य विद्यालयमा परीक्षा दिन जान सम्भव नहुने भन्दै होम सेन्टरको व्यवस्था मिलाइएको हो ।

शैक्षिक क्यालेन्डर नबिगार्न सुझाव

बोर्डले समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुने गरी परीक्षा स्थगित गर्न नहुने सुझाव सरकारलाई दिएको छ । विगतमा पनि आफूहरूले सङ्क्रमणकै बीचमा कक्षा १२ को परीक्षा सञ्चालन गरेको र त्यसले विश्वविद्यालय तहको स्नातक तहको शैक्षिक सत्र सुचारु गर्न सघाउ पुगेको उल्लेख गर्दै यस पटक पनि शैक्षिक क्षेत्र प्रभावित पार्न नहुने अध्यक्ष पौडेलले बताए । बोर्डको कार्यतालिकाअनुसार परीक्षा लिन सकिए दशैँसम्म नतिजा प्रकाशित गरी तिहारपछि स्नातक तहको कक्षा सुरु हुन सक्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

कोरोनाका कारण परीक्षा गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालय स्नातक तहको पहिलो वर्षको परीक्षा हाल सञ्चालन गरिरहेको छ । स्नातक तहमा २० महिना पढेपछि विद्यार्थीले बल्ल परीक्षा दिन पाएका हुन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९एनप्याब्सन० का महासचिव सुवास न्यौपानेले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने बताए । बोर्डले साउन ३१ बाट कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सञ्चालन गर्दै छ ।

परीक्षाका लागि चार हजार ३३५ वटा परीक्षा केन्द्र तोकिएको छ । यसअघि बोर्डले गत वैशाख २६ बाट परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो तर कोरोना सङ्क्रमणका कारण परीक्षा सञ्चालन हुन सक्ने अवस्था नरहेको भन्दै सरकारले परीक्षा सार्ने निर्णय लिएको थियो । यसैबीच बोर्डले कक्षा १२ को परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन परीक्षामा सहभागी हुने सबै विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ७ : २४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको