२२ माघ २०८२, बिहिबार | February 5, 2026

वन्यजन्तुको संरक्षण हुँदा कृषि उत्पादनमा कमी



डडेल्धुरा । डडेल्धुरा जिल्ला वन्यजन्तु चोरी शिकारी कम भएर वन्यजन्तुको संरक्षण भए पनि कृषि उत्पादन भने घट्दै गएको छ ।

नजिकैको संरक्षण क्षेत्रबाट आउने जङ्गली जनावरले खेतीपाती नष्ट गर्न थालेपछि किसान कृषि पेशाबाट विस्थापित हुँदै गएका हुन् ।

जिल्लाको अमरगढी नगरपालिका-१ र जिल्ला सदरमुकामका विभिन्न वडामा फैलिएको ऋषि खोला सामुदायिक वन संरक्षण भएसँगै वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि हुँदै गएपछि यस क्षेत्रका स्थानीय बासिन्दाले कृषिजन्य उत्पादनलाई छोड्दै गएका हुन् ।

जिल्लाको अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका तथा भागेश्वर गाउँपालिका किसानले खेतीपातीभन्दा पनि अन्य कााम गर्ने थालेको स्थानीयवासी दिलबहादुर ताम्राकारले बताए । “खेतीपाती लगाएर के गर्नु, आफूले त्यसको उपभोग गर्न पाउँदैनौँ”, उनले भने । वन्यजन्तुले खेतबारीमा लाएको अन्न तथा तरकारी सबै नष्ट गर्न थालेपछि अहिले धेरै किसान कृषिखेतीबाट विस्थापित हुँदै गएको उहाँले बताए ।

पछिल्लो समय वन्यजन्तु संरक्षण हुँदै गएपछि बँदेललगायतका अन्य जनावरको बथानले बालीनाली सखाप पार्न थालेको अजयमेरु-१ का रमेश दमाईले बताए ।

जङ्गली जनावरले क्षति नहुने अवस्थाको अध्ययन र पहिचान गरी उक्त कृषि बाली लगाउने योजनामा अगाडि बढिरहेको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । यस्तै वन्यजन्तुले खेतीपाती सखाप पार्ने थालेपछि तारबार लगाइएको अमरगढी-६ का वडाध्यक्ष गोविन्दराजन भट्टले बताए । रासस

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ८ : २६ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद