२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कोरोना अपडेड : ३९३८ नयाँ संक्रमित थपिए, २०१२ संक्रमणमुक्त, ३७ जनाको मृत्यु



काठमाडौं । बिहीबार नेपालमा थप ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षण गर्दा ९३१ जना गरी जम्मा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार १२ जना संक्रमण मुक्त भएका छन् । यसै अवधिमा ३७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । ९ हजार ९९४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ४ : ५७ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको