१४ चैत्र २०८२, शनिबार | March 28, 2026

संक्रमण नभएपछि हुम्लामा विद्यालय खुल्न थाले



हुम्ला । कोरोना महामारीले लामो समयदेखि बन्द रहेको हुम्लाको दक्षिणी क्षेत्रका विद्यालय फेरि सञ्चालनमा आउन थालेका छन् ।

ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् ।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले बताए ।

ुहामीले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ’, उनले भने । कोरोनाको जोखिम नभएकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेको उनको भनाइ छ ।

लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार अगाडि बढाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए । अदानचुलीमा १८ वटा सामुदायिक विद्यालय छन् ।

ताँजाकोटले यसअघि नै विद्यालय पुनः सञ्चालनमा ल्याइसकेको छ । सङ्घीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।

यद्यपि जिल्लाको माथिल्लो क्षेत्रका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा रहेका विद्यालय कहिले खुल्ने भन्ने अन्योल कायमै छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ७ : ३६ बजे

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको