२० असार २०८३, शनिबार | July 4, 2026

माओवादी स्थायी समिति बैठक बस्दै, प्रचण्डलाई मन्त्री छान्नै सकस



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह चार बजेका लागि बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने बैठकमा गठबन्धन कार्यदलले तयार पारेको सरकार संचालसम्बन्धी प्रतिवेदन र मन्त्री छान्ने विषयम छलफल हुने बताइएको छ ।

यसअघि गठनबन्धनले सरकार संचालनको साझा न्यूनतम कार्यक्रम पारित गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

माओवादी भित्र मन्त्री बन्न चाहनेहरु आकांक्षी धेरै भएपछि अध्यक्ष प्रचण्डलाई सकस परेको छ । मन्त्री बन्नका लागि विभिन्न शक्तिकेन्द्र प्रयोग गर्दै दर्खास्त हाल्ने, दबाब दिने, धर्ना बस्ने लगायतका काम भएको भन्दै प्रचण्डले यसअघि सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

माओवादीकै जोडबलमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारको १ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा चारैतिरबाट आलोचना बढिरहेको छ । माधव नेपाल पक्ष सरकारमा आउने या नआउने अनिर्णित बन्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताइएको थियो । तर, यसअघि बसेको स्थायी समिति बैठकमा प्रचण्डले नेपाल पक्ष सरकारमा नआउने बताएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १२ : ३१ बजे

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को