१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बासिरहेको बैठकमा गठबन्धन कार्यदलले तयार पारेको सरकार संचालसम्बन्धी प्रतिवेदन र मन्त्री छान्ने विषयम छलफल हुने बताइएको छ ।

यसअघि गठनबन्धनले सरकार संचालनको साझा न्यूनतम कार्यक्रम पारित गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो ।

माओवादी भित्र मन्त्री बन्न चाहनेहरु आकांक्षी धेरै भएपछि अध्यक्ष प्रचण्डलाई सकस परेको छ । मन्त्री बन्नका लागि विभिन्न शक्तिकेन्द्र प्रयोग गर्दै दर्खास्त हाल्ने, दबाब दिने, धर्ना बस्ने लगायतका काम भएको भन्दै प्रचण्डले यसअघि सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

माओवादीकै जोडबलमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारको १ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा चारैतिरबाट आलोचना बढिरहेको छ । माधव नेपाल पक्ष सरकारमा आउने या नआउने अनिर्णित बन्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताइएको थियो । तर, यसअघि बसेको स्थायी समिति बैठकमा प्रचण्डले नेपाल पक्ष सरकारमा नआउने बताएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : ३६ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको