२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बेलायतमा फेरि बढे कोरोना सङ्क्रमित, अमेरिकामा स्वास्थ्य मापदण्डमा कडाई



एजेन्सी । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ ।

पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ अहिलेसम्मका सङ्क्रमितको सङ्ख्या ५९ लाख ८२ हजार १५२ पुगेको छ । त्यसैगरी गएको २४ घण्टायता यहाँका कम्तीमा पनि ८६ जनाको कोरोनाकै कारण ज्यान गएको बताइएको छ ।

यहाँ पछिल्ला केही दिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएकाले अबका केही दिनमा यहाँ सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढेको पाइएको छ । उता अमेरिकामा पनि पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको देखिएकाले यहाँको सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गर्ने जनाएको छ ।

पछिल्ला केही समयमा यसको सङ्क्रमण बढेपछि कतिपय राज्यहरुमाा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । त्यसैगरी कतिपय अस्पतालहरुमा कोभिडका सङ्क्रमितहरु बढेका समाचारहरु पनि आइरहेकाले सरकारले आवश्यक थप तयारी थालेको पनि बताइएको छ ।

यस्तै अमेरिकी संस्था ‘सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका संक्रमितहरु बढ्न सक्ने बताएको छ । सो संस्थाले आगामी चार हप्तामा यहाँका अस्पतालहरुमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्तिहरुको मृत्युको दर पनि बढ्न सक्ने अनुमान गरेकाले सरकारले थप तयारी थालेको बताइएको हो ।

उक्त संस्थाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा कोभिडको सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकाले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरु अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : ४३ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने