३० श्रावण २०८३, शनिबार | August 15, 2026

जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप नेपाल आइपुग्यो



काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

कोभ्याक्स परियोजनामार्फत जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

पहिलो खेपमा आज ३ लाखभन्दा बढी डोज खोप आएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो । जसमध्ये पहिलो चरणमा ८ लाख डोज खोप भोलिसम्म आइपुग्ने भएको हो । थाप ५ लाख डोज आइतबार आइपुग्ने बताइएको छ । बाँकी खोप सेप्टेम्बरसम्म आउनसक्ने बताइएको छ ।

भारतसँग खरिद गरिएको कोभिसिल्ड खोपको पहिलो डोज खोप लगाएका १३ लाख भन्दा बढी जेष्ठ नागरिकलाई एस्ट्राजेनेका खोप लगाउन मिल्ने भएको छ । गत फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्ड खोप अभियान संचालन भएको थियो ।

नेपालले खरिद गरेको १० लाख खोप समेत भारतले नदिएपछि नेपालको खोप अभियान नै प्रभावित भएको थियो । अक्सफोर्ड एस्ट्राजेनेकैको खोपलाई भारतको सेरम इस्टिच्यूटले उत्पादन गरेको थियो । अब खोप लगाउन नपाएका जेष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाउनेभएका छन् । स्वास्थ्य मन्त्रालयले २५ गतेदेखि नै यो खोप लगाउने जनाएको छ । हिजो मात्र भुटान सरकाले पनि ३ लाख डोज बढी एस्ट्राजेनेका खोप उपलब्ध गराएको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : ४७ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो