२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बांड्यो बुटवलमा निःशुल्क मास्क



बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा निःशुल्क मास्क वितरण गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट जोगिने उपाय सिकाउंदै सजग बनाउन बुटवलको चांदबारी चोकबाट मास्क बितरण अभियान चलाइएको हो ।

करिब ७ सय जनालाई १ हजार पिस मास्क बितरण गरिएको समाज रुपन्देहीका सभापति डीपी खनालले जानकारी दिए । मास्क वितरण गरेपनि मुख्य अभियान भनेको कोरोनाबाट जोगिने उपायको बारेमा जानकारी गराउनु नै भएको खनालले बताए ।

कोरोना भाइरसविरुद्धको सचेतनाका लागि सचेतनमुलक सन्देश सहि कार्यक्रम गरिएको समाजका रुपन्देही सचिव कपिल ज्ञवालीले बताए । सडकमा हिडेका पैदल यात्री,रिक्सा,साइकल तथा अन्य सवारी साधनमा भेटिएका मानिसहरु मध्ये ४० प्रतिशतले मास्क प्रयोग नगरेको पाइएको उनले बताए ।

सो अबसरमा अभियान्ता रिता केसीले सबैले मास्कको प्रयोग गरेर आफु र अरुलाइ पनि बचाउन आग्रह गरिन । निशुल्क मास्क पाउंदा सर्वसाधारण खुसी भएका थिए ।

सो अभियानमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका पदाधिकारी,सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : १७ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज