२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

प्रधानन्यायाधीसको दाबी : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसअनुसारका नियुक्ति संविधानसम्मत



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार गरिएको बैठक र त्यसले गरेका नियुक्ति असंवैधानिक नभएको दाबी गरेका छन् ।

प्रधानन्यायाधीस राणालाई सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीस राणाले नेपालको संविधानअनुसार नै अध्यादेशमार्फत संवैधानिक परिषद्को संशोधन भै बैठक बसेको दाबी गरेका छन् ।

प्रधानन्याधीस राणालाई समेत समेत विपक्षी बनाएर सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर रिट दायर गरेका थिए ।

संवैधानिक परिषद्ले २०७७ मंसिर ३० गते गरेका निर्णय असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै सभामुख सापकोटाले रिट दायर गरेका थिए । तर प्रधानन्यायाधीस राणाले अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठकबस्नु संविधानसम्मत भएको दाबी गरेका छन् ।

राणाले भनेका छन् नेपालको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषद्लाई संविधानले प्रदान गरेको अधिकारक्षेत्र (Jurisdiction)भित्र रहेर संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ र उक्त ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको मर्म र भावनाअनुसार परिषद्को बैठक र निर्णयसम्बन्धी कार्यविधिको पालना गरी संवैधानिक परिषद्को बैठकबाट भए गरेका निर्णय कामकारवाहीले निवेदकको कुनै पनि हकमा आघात पुग्न नगएको र निवेदनमा उल्लेग गरे जस्तो कुनै पनि अवस्थाको विद्यमानता नभएको अवस्थानमा रिट निवेदन खारेज भागी छ ।

तत्कालिन केपी ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेर सोही अध्यादेशअनुसार मंसिर ३० गते बिहान र बेलुका दुई पटक बैठक बसेर विभिन्न संवैधानिक आयोगमा रिक्त पदमा पदपूर्ति गरेको थियो । संवैधानिक परिषद् ६ सदस्यीय भएपनि पूर्वप्रधानमन्त्री ओलीले ३ जना मात्र उपस्थित भए बैठक बस्न सकिने र त्यसको बहुमतले निर्णय गर्नसक्ने आफुअनुकुल अध्यादेश जारी गराएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ५ : ०४ बजे

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

न्यूरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र

काठमाडौं । ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन

सहकारीको रकम अपचलनको आरोप लागेकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११