९ चैत्र २०८२, सोमबार | March 23, 2026

सुस्ताए विद्यार्थी संगठन



काठमाडौं । विद्यार्थीका हकहितका लागि स्थापना भएका विद्यार्थी संगठन विद्यार्थीका एजेन्डाभन्दा पनि राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको देखिएको छ ।

कोरोना संक्रमणका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्म पठनपाठन सहज नहुँदा र खोपमा विद्यार्थी प्राथमिकतामा नपर्दा पनि विद्यार्थी संगठनले विद्यार्थीको हकहितमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ ।

खोप भित्रिएको पाँच महिनापछि विद्यार्थीलाई खोप दिलाउन भन्दै विज्ञप्ति निकाले पनि त्यो विज्ञप्ति औपचारिकतामा मात्रै सीमित भएको विद्यार्थीको गुनासो छ ।

त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी पूर्णिमा चन्दले भनिन्, ‘कोरोनाविरुद्ध खोप नेपाल भित्रिएको महिनौं बित्यो । भौतिक उपस्थितिसहित अब परीक्षा दिनुपर्ने खोप लगाएको पनि छैन ।’ दाङ घर भई काठमाडौं पढ्दै आएका नेपाल वैद्यले भने, ‘त्रिभुवन विश्वविद्यालयले परीक्षा तोकेको छ । म घरमै छु । सरकारले बन्दाबन्दी अझै खोलेको छैन भन्छ । कसरी परीक्षा दिने ? खोप त परको कुरा भयो ।’

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा गणित विषयको प्रवेश परीक्षा तयारी गरिरहेका रविन घिमिरेले विद्यार्थी संगठनले विद्यार्थीको पक्षमा नबोलेको बताए । उनले भने, ‘वैकल्पिक विधिबाट भए पनि गुणात्मक सिकाइ बनाउन विद्यार्थी संगठनले बहस चलाउनुपर्ने होइन र ? उनीहरू त पेट्रोलको भाउ बढ्यो भने मात्रै सडकमा जान्छन् तर, विद्यार्थीको मागमा बोल्दै बोल्दैनन् ।’

अहिले केही कलेजले अनलाइन क्लासको पूर्ण शुल्क असुलेपछि विद्यार्थी कलेजमा ताला लगाउन विवश छन् । अहिले देशभरका शैक्षिक संस्था प्रायः ठप्प हुँदा लाखौं विद्यार्थीको पढाइ अस्तव्यस्त बनेको छ । शैक्षिक क्यालेन्डर बिथोलिएको छ भने नियमित परीक्षा समयमा नहुँदा विद्यार्थीको समय खेर गएको छ । यस्तै, कतिपय विद्यालयले वैकल्पिक कक्षा सञ्चालन गरे पनि विद्यार्थीबाट सतप्रतिशत शुल्क असुल्दै आएका छन् ।

तर, त्यसको मापदण्ड समेत बन्न सकेको छैन । केही शैक्षिक संस्थामा वैकल्पिक सिकाइ इन्टरनेटको पहुँच नहुँदा प्रभावकारी बन्न सकेका छैनन् । काठमाडौंका कलेजमा पढ्दै आएका विद्यार्थी जिल्ला जिल्लामा छन् । उनीहरूका लागि न त सरकारले कोरोनाविरुद्ध खोपको व्यवस्था गरेको छ न त शैक्षिक गुणस्तर सुनिश्चितताको ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले विद्यार्थीका अधिकारका सवालमा राज्यका निकायलाई घच्घच्याइरहेका बताए । उनले भने, ‘ हामी विद्यार्थीकै हकहितका लागि लागि परेका छौं सेलाएका छैनौं । कोरोनाका कारण विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अवरुद्ध भएको छ । सबै विद्यार्थीहरूलाई जतिसक्दो चाँडो खोपको व्यवस्था हुनुपर्छ भनेर राज्यलाई दबाब पनि दिएका छौं ।’ उनले कोरोना संक्रमणको अवस्थामा विद्यार्थीको पढाइभन्दा जीवन ठूलो भएको बताए ।

अनेरास्वयूका केन्द्रीय अध्यक्ष ऐन महरले कोरोनाबाट शैक्षिक क्षेत्र आक्रान्त बनेको बताए । उनले भने, ‘ विश्वविद्यालयको परीक्षा स्थगित गरेर समस्या समाधान हुँदैन । छिटोभन्दा छिटो परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोपको व्यवस्था गरी अबका परीक्षा सञ्चालन गरिनुपर्छ ।’ उनले विद्यार्थीका अधिकार संस्थागतका लागि आफूहरू लागिपरेको बताए ।

अखिल (क्रान्तिकारी) का नेता कुमार बर्तौलाले विद्यार्थीको हकहितमा आफूहरूले आवाज उठाइरहेका बताए । उनले भने, ‘विद्यार्थीका मुद्दाहरू उठाइरहेका छौं । तर, हामीले उठाएका मुद्दाहरू छायामा परेका छन् ।’ उनले जनस्वास्थ्यका मापदण्ड र भौतिक दूरी कायम गरेर हाल सञ्चालनमा रहेका परीक्षाहरू सञ्चालन गर्नुपर्ने बताए । याे समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ०२ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा