१ पुस २०८२, मंगलबार | December 17, 2025

म्याग्दीको बेनी बजारमा आगलागी, दुई पसल जलेर नष्ट



म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

बेनी नगरपालिका-८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए ।

आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ८ : २३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष