४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोभिड बढेसंगै स्वस्थ्य सामग्री र सचेतनामा जोड



बुटवल । पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेपछि रुपन्देहीका सामाजिक संघसंस्थाहरु स्वस्थ्य सामग्री वितरण र सचेतना कार्यक्रममा जोड दिन लागेका छन ।

सोमबार रोटरी क्लब अफ बुटवल डाउनटाउनले सियारी गाउपालिकास्थित हर्नौया हेल्थपोष्टलाई स्वस्थ्य सामग्री वितरण गरेको छ ।

कोभिड १९ संक्रमण बढ्न थालेको बेला क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत एक हजार ५ सय थान मास्क, ३ ग्यालिन सेनिटाईजर, १० पिस पिपिई र ५ सय जोर ग्लब्स वितरण गरेको हो ।

एक समारोहका बिच सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ, क्लबका अध्यक्ष जबिन कक्षपति, क्लबका पुर्व अध्यक्ष पिताम्बर ज्ञवाली, तुलसी घिमिरेले स्वस्थ्य चौकी ईन्चार्ज प्रेम सुवेदीलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

क्लबका निर्वतमान अध्यक्ष पंकज ज्ञवालीको धर्मपत्नी लक्ष्मि ज्ञवालीको जन्मदिवसको अवसरमा करिब २० हजार बराबरको स्वस्थ्य सामग्री उपलब्ध गराएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए ।

कार्यक्रममा पुर्वअध्यक्ष भिम राज श्रेष्ठ, ईलेक्ट प्रेसिडेन्ट भरत राना, सर्जन आर्म फष्ट प्रेमा केसीले समाजको आवश्यकता अनुसार सामाजिक कार्यमा आफुहरु लागेको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको