२० मंसिर २०८२, शनिबार | December 6, 2025

जाँदाजाँदै पोखरेल सरकारको पत्रकार सम्मेलन : ४१ महिना २४ दिनमा अपूर्व उपलब्धी भएको दाबी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा आफु विरुद्ध अविश्वासको प्रस्ताव अघि बढेपछि त्यसअघि नै मुख्यमन्त्री पोखरेलले प्रदेशप्रमुखलाई राजीनामा बुझाएका हुन् । प्रदेशसभाको विशेष अधिवेशन अहिले १ बजे बस्दैथियो ।

मुख्यमन्त्री पोखरेल राजीनामा बुझाउन प्रदेशप्रमुखकोमा पुगेकै समयमा सरकारले पत्रकार सम्मेलन गरेर अहिलेसम्म गरेका कामबारे जानकारी गराएको छ ।

सबैतिरबाट संगठित घेरावन्दीका कारण सरकारको नेतृत्वबाट राजीनामा दिनुपरेको बताउँदै सरकारका प्रवक्ता वैजनाथ चौधरीले २०७४ फागुन ३ गते सरकार गठन भएपछि आजको दिन सम्म ४१ महिना २४ दिन सरकारमा काम गरेको जानकारी गराए ।

३ वर्ष ५ महिना २४ दिनका दिनसम्म सरकारको नेतृत्व गर्दा अन्य प्रदेशले लुम्बिनीको सिको गर्न बाध्य पार्ने गरी विकास र समृद्धि र संघीयता कार्यान्वयनको पक्षमा काम गरेको उनले दाबी गरे ।

चौधरीले ४१ महिनाको अवधिमा सरकारले जनताको पक्षमा र विकास निर्माणमा धेरै काम गरेको दाबी गरे। उनले पूँजिगत खर्च सबैभन्दा धेरै गर्ने सरकार लुम्बिनी सरकार भएको बताए ।

आज बिहान ८ बजे पोखरेल नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा एजेन्डामा निर्णय गरेको चौधरीले बताए ।

सरकारका प्रवक्ता वैजनाथ चौधरीले अविश्वासको प्रस्ताव अघि बढाउनु गैरसंवैधानिक भएको बताए । उनले सभामुखको भूमिका निस्पक्ष नभएको आरोप लगाए । सभामुखले अनौठो व्यवहार गरेको चौधरीले बताए ।

‘सभामुख भनेको सांसदहरुको अभिभावक हो, तर सभामुखले पार्टीभित्रको अन्तद्वन्द्वमा खेले’, चौधरीले भने, ‘सभामुख पुरै पार्टीको कार्यकर्ताको रुपमा देखिनुभयो । जसका कारणले दुई दुई पटक सर्वोच्चमा न्याय माग्न जानुपर्ने अवस्था आयो ।’

 

 

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : २६ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति