१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पाकिस्तानद्वारा नेपाललाई झण्डै २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । मित्रराष्ट्र पाकिस्तानले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नेपालस्थित पाकिस्तानी दूतावासका चार्ज डे अफेयर्स अदनान जावेद खानले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच चार्ज डे अफेयर्स खानले झण्डै दुई करोड रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको पाकिस्तानी दूतावासले जनाएको छ । जसमा ३० वटा भेन्टिलेटर, ३० वटा श्वासप्रश्वाससम्बन्धी सीपीएपी मेशीन सामेल छन् । ‘मेड इन पाकिस्तान’ उपकरणहरुको मूल्य १ करोड ९० लाख नेपाली रुपैयाँ भन्दा बढी रहेको छ ।

यो स्वास्थ्य उपकरण सार्क सदस्य राष्ट्रहरुका लागि कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमको एक हिस्सा रहेको दूतावासले जनाएको छ । यसअघि यही कार्यक्रमअन्तर्गत पाकिस्तनले नेपाललाई ४ करोड ३० लाख रुपैयाँको आर्थिक सहयोग गरेको थियो ।

स्वास्थ्य सामाग्री बुझ्दै स्वास्थ्य सचिव डा. पोखरेलले नेपालको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि उदारतापूर्वक योगदान गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिएका थिए ।

पाकिस्तानी दूतावासका चार्ज डे अफेयर्स खानले कोरोना महामारी विरुद्धको नेपालको लडाईंलाई पाकिस्तानले निरन्तर साथ दिने प्रतिवद्धता जनाएका थिए ।

पाकिस्तानले नेपाललाई विगतदेखि नै निरन्तर सहयोग गर्दै आएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ७ : २९ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म