२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अबिरल वर्षाका कारण लुम्बिनी प्रदेशका ५ स्थानमा सडक अवरुद्ध



बुटवल । बिहिबार साँझबाट आएको अबिरल वर्षाका कारण लुम्बिनी प्रदेश अन्तर्गत सिद्धार्थ राजमार्ग सहित ५ स्थानको सडक अवरुद्ध भएको छ । रातभरी परेको वर्षाका कारण प्रदेशको पहाडी क्षेत्रको सडकमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको कालिमाटी र गिट्टी खोलामा पहिरो खस्दा बिहान ६ बजेबाट सडक अवरुद्ध रहेको छ भने रुकुमको सिस्नेखोला खण्डको रानीकोट र रुकुम बागलुङ खण्डमा आएको बाढी र त्यसै आसपास खसेको पहिरोले २ स्थानमा सडक अवरुद्ध रहेको छ । त्यसैगरि रोल्पा थवाङ खण्डमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पानी पर्ने क्रम नरोकिएको र भिरबाट लेदो सहितको माटो खस्ने क्रम जारी रहेका कारण सडक संचालनमा कठिनाई भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ५७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले