२० असार २०८३, शनिबार | July 4, 2026

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने भएका छन । शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा पार्टी सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देशन गरेका छन् । बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वर्द्धनका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ५३ बजे

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार