६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेशका २ सदस्यको पदमुक्त गर्न एमालेबाट प्रदेशसभा सचिवालयमा पत्राचार



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीको प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न पत्राचार गरेको छ।

एमालेको सूर्य चिन्ह लिएर प्रदेशसभामा निर्वाचित भएका शाही र अदालतले भङ्ग गरिदिएको नेकपाको सुर्य चिन्हबाट चुनाव लडेर निर्वाचित विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशन विपरीत कार्य गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको प्रदेशसभामा एमालेका मुख्यसचेत भुमिश्वर ढकालले बताए ।

ढकालले पार्टीको नीति निर्देशन नमानेको, पार्टीको ह्विपविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गरेको, तथा संसदीय दलको निर्देशनविपरीत नवगठित मन्त्रिपरिषदमा सहभागी भएको आरोप लगाउँदै पदमुक्त गर्नका लागि पत्राचार गरेको जानकारी दिए ।

प्रदेशसभा सदस्य अजय शाही संसदमा स्वतन्त्र हैसियत हुने सर्तमा २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने विमला खत्री वली एमाले र माओवादी एकिकरण पछि बनेको नेकपाको उम्मेदवारका रुपमा सुर्य चिन्हबाट चुनावमा भाग लिएकी थिईन् ।

सांसद वली एमाले नेता उत्तर कुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन्।

शाहीले चुनावमा भाग लिने बेलामा नै स्वतन्त्र हैसियत कायम रहने सर्तमा चुनाव लडेकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन्। सांसद वली भने फागुन २३ गते सर्वोच्चबाट एमाले र माओवादी केन्द्रलाई अलग गराईदिएको झण्डै १ महिनापछि चेत्रको अन्तिम साता आफुले माओवादी केन्द्र रोज्ने भन्दै पत्रकार सम्मेलन गरेर खलेकी थिईन् ।

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १२ : ४२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको