१९ माघ २०८२, सोमबार | February 2, 2026

आज १ बजेबाट आह्वान भएको लुम्बिनी प्रदेशसभा बैठक २ बजे सम्म बस्न सकेन



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीको प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने पत्र कार्यान्वयन नभए संसद अवरुद्ध गर्ने तयारी गरेको छ।

एमालेको सूर्य चिन्ह लिएर प्रदेशसभामा निर्वाचित भएका शाही र अदालतले भङ्ग गरिदिएको नेकपाको सुर्य चिन्हबाट चुनाव लडेर निर्वाचित विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत कार्य गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभाका सभामुखलाई पत्र बुझाएकोमा संसद बैठक शुरु हुनु अघि पत्र कार्यान्वयन हुनु पर्ने एमालेको माग छ । पत्र अनुसार २ जना सांसदलाई पदमुक्त नगरे प्रदेशसभा चल्न नदिने एमालेले चेतावनी दिएको छ ।

प्रमुख विपक्षीको यस्तो चेतावनी आएपछि १ बजेबाट बस्ने भनिएको प्रदेशसभाको बैठक २ बजे सम्म शुरु हुन सकेको छैन । संसद शुचारु गर्ने सम्बन्धमा सभामुख पुर्ण घर्तीले सत्तारुदलसंग परामर्श गरिरहेका छन् ।

प्रदेशसभा सदस्य अजय शाही संसदमा स्वतन्त्र हैसियत हुने सर्तमा २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने विमला खत्री वली एमाले र माओवादी एकिकरण पछि बनेको नेकपाको उम्मेदवारका रुपमा सुर्य चिन्हबाट चुनावमा भाग लिएकी थिईन् ।

शाहीले चुनावमा भाग लिने बेलामा नै स्वतन्त्र हैसियत कायम रहने सर्तमा चुनाव लडेकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन्। सांसद वली भने फागुन २३ गते सर्वोच्चबाट एमाले र माओवादी केन्द्रलाई अलग गराईदिएको झण्डै १ महिनापछि चेत्रको अन्तिम साता आफुले माओवादी केन्द्र रोज्ने भन्दै पत्रकार सम्मेलन गरेर खलेकी थिईन् ।

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  २ : १६ बजे

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

काठमाडौं । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार

बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन

पूर्वमन्त्री जितेन्द्र देवद्वारा नेकपा एमाले परित्याग

काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्।

सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो, ३ दिनमा ५२ हजार ७०० कम

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३