१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कुलमानको नियुक्ति विरुद्धको रिटमाथि आज सुनुवाई हुँदै



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनको आज सुनुवाई हुँदैछ । घिसिङको नियुक्तिविरुद्ध सरकारसँगको सहमतीमा पद छाड्न तयार भएको भनिएका हितेन्द्रदेव शाक्यले दिएको रिट माथि सुनुवाईका लागि आज पेसी तोकिएको हो । न्यायाधिस कुमार रेग्मीकाे एकल इजलासमा मुद्दाकाे सुनुवाई हुने सर्वाेच्चकाे दैनिक पेसी सूचीमा उल्लेख छ ।

आफूलाई हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै शाक्यले दायर गरेको रिट निवेदन दायर गरेका थिए । आफू ४ वर्षका लागि नियुक्त भएकामा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी शाक्यले गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो। मन्त्री भुसालसँग भएको सहमतीका आधारमा मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिव सरहको सेवा(सुविधा दिनेगरि ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइसकेको छ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १० : ३० बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०