२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आज पनि लुम्बिनी प्रदेशसभा चल्न नदिने एमालेको चेतावनी, मुख्यमन्त्री केसी र एमाले नेताहरुबीच छलफल



बुटवल । नेकपा एमालेले कारवाही गरेको भनिएका लुम्बिनी प्रदेशसभाका २ सांसदको पदमुक्तको सूचना प्रदेशसभा सचिवालयले जारी नगरे आज पनि प्रदेशसभा बैठक अवरोध गर्ने एमालेले चेतावनी दिएको छ । नवौं अधिवेसन अन्तर्गत मंगलबार बसेको पहिलो बैठक विपक्षीहरुले अवरोध गरेपछि आजसम्मको लागि स्थगित भएको थियो। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै छ।

२ जना सांसदलाई नेकपा एमालले कारवाही गरेको र त्यो सुचना प्रदेश सभा बैठकमा जानकारी गराउनुपर्ने एमाले संसदीयदलका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए । एमालेले प्रदेशसभाको पहिलो बैठक पनि सोही माग राख्दै अवरोध गरेको थियो। सभामुखबाट सूचना जारी नभए आजको बैठक पनि अवरोध गर्ने एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिएका छन् ।

बैठक सुचारु गर्ने उपाय खोजिको लागि भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख विपक्षीदल एमालेसँग छलफल गर्न भन्दै एमाले नेताहरुलाई मुख्यमन्त्री कार्यलय डाकेका छन् । प्रदेशसभा बैठक शुरु हुनु अघि मुख्यमन्त्री केसी र विपक्षी एमालेबीच छलफल हुने बताईएको छ ।

एमालेले सुर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १२ : ०१ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ