२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आज पनि लुम्बिनी प्रदेशसभा चल्न नदिने एमालेको चेतावनी, मुख्यमन्त्री केसी र एमाले नेताहरुबीच छलफल



बुटवल । नेकपा एमालेले कारवाही गरेको भनिएका लुम्बिनी प्रदेशसभाका २ सांसदको पदमुक्तको सूचना प्रदेशसभा सचिवालयले जारी नगरे आज पनि प्रदेशसभा बैठक अवरोध गर्ने एमालेले चेतावनी दिएको छ । नवौं अधिवेसन अन्तर्गत मंगलबार बसेको पहिलो बैठक विपक्षीहरुले अवरोध गरेपछि आजसम्मको लागि स्थगित भएको थियो। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै छ।

२ जना सांसदलाई नेकपा एमालले कारवाही गरेको र त्यो सुचना प्रदेश सभा बैठकमा जानकारी गराउनुपर्ने एमाले संसदीयदलका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए । एमालेले प्रदेशसभाको पहिलो बैठक पनि सोही माग राख्दै अवरोध गरेको थियो। सभामुखबाट सूचना जारी नभए आजको बैठक पनि अवरोध गर्ने एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिएका छन् ।

बैठक सुचारु गर्ने उपाय खोजिको लागि भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख विपक्षीदल एमालेसँग छलफल गर्न भन्दै एमाले नेताहरुलाई मुख्यमन्त्री कार्यलय डाकेका छन् । प्रदेशसभा बैठक शुरु हुनु अघि मुख्यमन्त्री केसी र विपक्षी एमालेबीच छलफल हुने बताईएको छ ।

एमालेले सुर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १२ : ०१ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो