१३ श्रावण २०८३, बुधबार | July 29, 2026

वरिष्ठ जनगायक जेवी टुहुरे सीसीयूमा, टुहुरे भेट्न प्रचण्ड पुगे बयोधा अस्पताल



काठमाडौं । ‘स्ट्रोक’ भएपछि बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत वरिष्ठ जनगायक जेबी टुहुरेको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल पुगेका छन् । अस्पताल पुगेर अध्यक्ष प्रचण्डले चिकित्सकहरुसँग जनगायक टुहरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

यही भदौ १ गते ‘स्ट्रोक’ भएपछि गायक टुहुरेलाई बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालको सीसीयू कक्षमा राखेर उपचार भईरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका छन् ।

डेढ सयभन्दा बढी जनगीत गाएका टुहुरेको सबैभन्दा चर्चित गीत हो– ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’हो भने ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ जस्ता गीतहरु लोकप्रिय छन् ।

सुनसरीको धरान घर भएका उनी दोस्रो संविधान सभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए।

अध्यक्ष प्रचण्डले संविधानसभा सदस्यसमेत रहेका टुहुरेको स्वास्थ्य उपचारमा कुनै पनि कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ७ : ४८ बजे

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ