४ श्रावण २०८३, सोमबार | July 20, 2026

सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसकाे नयाँ सङ्क्रमित



धनगढी । कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनगढीमा आज एकजना सङ्क्रमित थपिएका छन् । योसँगै यो अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।

सो अस्पतालले आज अपराह्न सार्वजनिक गरेको सूचनामा अस्पतालमा उपचाररत पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ । आज मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएका लम्कीचुहा नगरपालिका १ की ५२ वर्षीया महिलालाई सेती प्रदेशिक अस्पतालमा दिउँसो पु-याइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जाँचमा उनको नतिजा पोजेटिभ आएको हो । यसअघि उनको -यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ देखिएको थियो । यही चैत १८ गते उनी आफ्ना श्रीमान्, दुई नातिनातिनासहित वीरगञ्जबाट बसमार्फत कैलालीको लम्की पुगेका छन्। उनका छोराबुहारी भने भारतमा रहेको जनाइएको छ ।

बसबाट लम्की झरेका उनीसमेत १७ जनालाई त्यसै दिन नजीकैको क्वारेन्टाइनमा राखिएको थियो । -यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ आएपछि चैत २९ गते उनीहरुलाई घर फिर्ता गरिएको थियो । अस्पतालको सूचनामा हालसम्म अस्पतालबाट प्रयोगशाला जाँच गरिएकामध्ये कोभिड—१९ को पोजेटिभ पाँचजनामा देखिएको, ९८ जनाको नतिजा नेगेटिभ आएको र १९ जनाको नतिजा आउन बाँकी रहेको समेत उल्लेख गरिएको छ ।

शुरुमा दुबइबाट फर्किनुभएका धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुषमा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको केही दिनपछि नजानिँदो ढङ्गले सम्पर्कमा आएकी उनकी ३४ वर्षीया भाउजूमा कोरोना देखिएको थियो । सोही दिन कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र कैलालीको लम्कीका अर्का पुरुषमा पनि कोरोना देखिएको पुष्टि भएकामा आज लम्कीका महिलामा कोरोना देखिएको पुष्टि भएको हो ।

सङ्क्रमितको संसर्गमा आउनेको खोजी

कोरोनाको सङ्क्रमण भएको पुष्टि भएकी लम्कीका महिलासँगै क्वारेन्टाइनमा बस्ने थप १६ जनालाई आज पुनः क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितसँगै वीरगञ्जबाट एउटै बसमा आएकाहरुको पहिचान भई सम्बन्धित जिल्लालाई भनी सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

सो बसमा आउने ३४ मध्ये सबैभन्दा बढी कैलाली २६, सुर्खेतका पाँच, दाङ, अर्घाखाँची र दैलेखका एक–एक जना रहेको बुझिएको जिल्ला प्रहरी प्रवक्ता बस्नेतले बताउनुभयो । आज थप एकजनामा कोरोना भेटिएको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा यो रोगको रोकथाममा चुनौती थपिएको छ ।

बाहिरबाट आएका व्यक्तिको संसर्गबाट स्थानीय एकजना मात्र यो रोग देखिनु तर बढी सङ्ख्यामा बाहिरबाट भित्रिनेमा देखिँदा बाहिरबाट आउनेको निगरानी कडाइका साथ गर्न जरुरी रहेको स्थानीय शिक्षक लेखराज ओझा बताउँछन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ५९ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित