४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा नेता गौतम अनुपस्थित भएका हुन् ।

पार्टी विभाजनसँगै गौतम कुन पक्षमा जान्छन् भन्ने विषयमा चर्चा चल्ने गरेको छ । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन परेको भोलिपल्ट आफू पक्षका नेताहरुको बैठकमा केपी ओलीलाई साथ दिन नसकिने बताएका थिए ।

त्यसपछि उनी नेपाल नेतृत्वको नयाँ पार्टीतिर खुलेको बताइएको थियो। तर भदौ ६ गते उनको सचिवालयले गौतम एमालेमै रहेको भन्दै सूचना सार्वजनिक गरेको थियो ।

पार्टी विवादमा लामो समयदेखि माधवकुमार नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यहरु पनि आजको बैठकमा सहभागी भएका छन् ।

युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले सोमबार दिउँसो ओली निवास बालुवाटार पुगेर उनीसँग सहमति गरेका थिए ।

सोही अनुसार उनीहरु बैठकमा सहभागी भएका हुन् । त्यसबाहेक अमृत बोहरा पनि बैठकमा सहभागी छन् । उनी अनुशासन आयोगका अध्यक्ष हुन् ।

आजको बैठकले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ४ : ५७ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१