२१ माघ २०८२, बुधबार | February 4, 2026

विदेश पढ्न गएका विद्यार्थीलाई लक्षित गरी ‘कोभिड–१९ एक्स्पर्ट सहयोग कोष’ स्थापना



बुटवल ।  एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले विदेशमा पढ्न गएका विद्यार्थीका लागि लक्षित गरेर २ लाख डलरको ‘कोभिड–१९ एक्स्पर्ट सहयोग कोष’ स्थापना गरेको छ ।

विशेषगरि अष्ट्रेलियमा पढ्न गएका विद्यार्थीको लागि तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्न सर्भिसेजले कोष बनाएको हो । कोष मध्ये १ लाख ५० हजार डलर सिधै विद्यार्थीलाई र बाँकी ५० हजार विद्यार्थीका लागि सक्रिय सामाजिक संघसंस्थामार्फत सहयोग गरिने एक्सपर्टले जनाएको छ ।

‘कोभिड १९ का कारण गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्युनीकरण गर्न हामीले सुरुदेखिनै आफ्नो सक्रियता कायम राखेका छौ’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेसले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको भन्दै यो सहयोगले कोरोना प्रभावित विद्यार्थीलाई केही हदसम्म भएपनि सहयोग पुग्ने आशा गरिएको छ । एक्सपर्ट फाउण्डेसन मार्फत विद्यार्थीलाई सहयोग गर्न लागिएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै रुपन्देही तथा यस आसपास बाट अष्ट्रेलिया गएका विद्यार्थीहरुले राहतका लागि एक्सपर्टको केन्द्रीय कार्यालय अष्ट्रलिया सिडङीमा सम्पर्क गर्न एक्सपर्ट एजुकेशनल एण्ड भिषा सर्भिसका निर्देशक रोशन कंडेलले अनुरोध गर्नुभयो ।

कसले पाउँछन् सहायता ?

पछिल्लो ६ महिनामा अष्ट्रेलिया आएका अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित रहेको भन्दै सन् २०१९ अक्टोवर १ यता अष्ट्रेलियाका आएका विद्यार्थीका लागि सहयोग केन्द्रीत गरिएको छ ।

यो सहायता पाउनका लागि सबैभन्दा पहिला त अक्टोवर १ यता अष्ट्रेलिया आएको हुनुपर्नेछ । त्यस्तै रोजगार नभएको तथा रोजगार गुमाएका हुनुपर्नेछ । त्यस्तै एक्सपर्ट एजुकेशनबाट विभिन्न शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थी हुनुपर्ने विज्ञप्तिमा भनिएको छ । सहयोग चाहने विद्यार्थीले उपलब्ध गराइएको लिंकमा आफ्नो दरखास्त हाल्न सक्नेछन् । यस संकटको घडीमा विद्यार्थीलाई पर्न सक्ने अन्य समस्या र अप्ठ्याराहरुका बारेमा शैक्षिक संस्थाहरुसंग परामर्श गरि विद्यार्थीका तर्फबाट पैरवी गरिरहेको समेत एक्सपर्टले जनाएको छ ।

यस्तै नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलियाका नेपाली शैक्षिक परामर्श दाताहरुको संस्था एक्काले पनि गो फन्ड मि नामक वेवसाईटबाट सहयोग संकलन गरिरहेको छ । विभिन्न कन्सलटेन्सीहरुले समेत आफ्ना विद्यार्थीका लागि धेरथोर सहयोग गरिरहेका छन् ।

अष्ट्रेलियामा पढिरहेका अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुको छाता संगठन काउन्सिल अफ इन्टरनेश्नल स्टुटेन्डस् अष्ट्रेलिया सिसाले पनि अन्तर्रा्ष्ट्रिय विद्यार्थीहरुलाई सहायता गर्न शैक्षिक संस्था र सरकारलाई दवाव दिईरहेको छ ।

विद्यार्थीले घरभाडा, खाना र पढाईको शुल्क तिर्न समस्या भोगिरहेका छन् । हाल अष्ट्रेलियामा ५ लाख ४० हजार अन्तराष्ट्रिय विद्यार्थी पढिरहेका छन् । जसमा ५५ हजार नेपाली छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : २० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता