४ कार्तिक २०८३, बुधबार | October 22, 2026

नेपाल पक्षको नयाँ दल दर्ताको सनाखत सकियो, यी हुन् सनाखत गर्ने ५५ केन्द्रीय सदस्य



काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा (एकीकृत समाजवादी) का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु निर्वाचन आयोग पुगेर सनाखत गरेका हुन् ।

नेकपा एमालेबाट फुटेर नेपाललगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सरकारले गत भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

यसअघिको व्यवस्थालाई खुकुलो बनाउँदै २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका नेताहरु सहभागी भएमा नयाँ दल खोल्न पाउने प्रावधान संशोधित राजनीतिक दलसम्बन्धी अध्यादेशमा खुलाइएको छ । एमालेसँगको टकरावकाबीच आएको उक्त अध्यादेशले सहजता थपिएसँगै नेपाल पक्षले नयाँ दल दर्ता गरेको हो ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ३ : १३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि