७ श्रावण २०८३, बिहिबार | July 23, 2026

आयोजनाको बाँकी काम छिटो गर्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको काम प्रभावकारी ढङ्गले सञ्चालन गर्न र त्यसका लागि सरकारले सबै किसिमको सहयोग गर्ने बताए ।

बैठकले २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले क्षति पु¥याएको भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी सम्बद्ध निकायलाई हस्तान्तरणमा लैजाने निर्णय भएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिए ।

बैठकपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै बाँकी रहेका पुनर्निर्माणका कार्यहरू सम्बन्धित मन्त्रालयमार्फत गरिने निर्णय पनि भएको छ । उनका अनुसार विपत् व्यवस्थापनसँग सम्बन्धित कामहरू राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन आयोजनाबाट समन्वय, अनुगमन तथा व्यवस्थापन गरिने भएको छ । आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ७ : ५२ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी