२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

एमाले केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ ।

एमाले विभाजनपछि एमाले केन्द्रीय समितिको यो पहिलो बैठक हो । बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्ने एजेन्डा रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यस्तै पार्टी सदस्यता वितरण र विधान महाधिवेशनबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

नेता माधवकुमार नेपालले एमालेलाइ विभाजन गरेर नयाँ पार्टी बनाउँदा साथ दिएका केन्द्रीय सदस्यहरुको कारबाही प्रक्रिया अघि बढाउने विषय आज छलफल हुने केन्द्रीय कार्यालयको भनाइ छ ।

पार्टी विभाजनविरुद्ध सर्वोच्च आदलतमा जाने विषयमा समेत आज छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १ : ४२ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

वासिङ्टन डिसी । अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने