३० भदौ २०८३, मंगलबार | September 15, 2026

काबुल विस्फोटः १३ अमेरिकी सैनिकसहित ६० अफगानीको मृत्यु



एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । दर्जनौं घाइते भएका छन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने ६० जनामध्ये १३ जना अमेरिकी नागरिक छन । उनीहरु अफगानिस्तानबाट अमेरिकीसँगै अन्य देशका नागरिकलाई फिर्ता ल्याउन खटिएका थिए ।

बिहीबार साँझ दुई वटा विस्फोट भएका थिए । एउटा विमानस्थलको गेट नजिक र अर्को विमानस्थल नजिकै रहेको ब्यारन होटलमा भएको जनाइएको छ ।

आत्मघाती विस्फोट भएको सुरक्षाकर्मीले जनाएका छन । यसमा आतंकवादी संगठन आईएसआईएसको खुरासनको संलग्नता रहेको अमेरिकी सुरक्षा निकायले जनाएका छन ।

विस्फोट भएको होटलमा बेलायती सैनिक बस्दै आएका थिए । विस्फोटमा धेरैजसो अफगान नागरिकको ज्यान गएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उद्धार कार्य जारी रहने बताएका छन । विस्फोटले उद्धार कार्यमा कुनै असर नपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ८ : ३३ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा