१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सैनामैनामा राहत बोकेर नगर प्रमुख वडा वडामा



सैनामैना । अलपत्र परेका यात्रुलाई गाँस बास र यातायातको व्यवस्था गरेर धेरैतिरबाट चर्चा पाएका सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अर्को नौलो काम गरेका छन् ।

नगरका ११ वटै वडाका विपन्न तथा दैनिक ज्यालादारीका काम गरेर जीविकोपार्जन गर्दै आएकाहरुको संख्या कति रहेछ भन्दै सुरुमै लगत संकलन गरिएको थियो । वडा र टोलविकास संस्थामार्फत त्यस्ता समुदायको लगत संकलन गराएपछि प्रमुख आफैले पनि अनुगमन गरेका थिए ।
पहिलो चरणको राहत वितरणमा केही गुनासो आएको सूचना पाएपछि प्रमुख कार्कीले उपप्रमुख रानालाई लिएर आफै सबै वडामा पुगेका हुन ।

दोस्रो चरणमा एक जार नौ सय ३३ विपन्न परिवारको लगत संकलन भएको थियो । तिनै परिवारका लागि राहत बोकेर प्रमुख कार्की र उपप्रमुख राना टोलटोलमा पुगेका थिए । परिवारको संख्याका आधारमा कम्तिमा दश दिनलाई पुग्ने खाद्यान्न दिएर प्रमुख कार्की, उपप्रमुख राना मंगलबार बिहानैदेखि खटिएका छन् । यो सैनामैनाले वितरण गरेको दोस्रो चरणको राहत हो । दैनिक ज्यालादरी गरि छाक टार्ने परिवार र पहिलो चरणमा राहत वितरण गर्दा छुटेका परिवारहरुलाई दोस्रो चरणमा राहत वितरण गरिरहेको उपप्रमुख रानाले बताइन् ।

उपप्रमुख बिना रानासहित वरिष्ठ अधिकृत केशव अर्यालसहितको टोली लिएर प्रमुख कार्की मंगलबार बिहानैदेखि राहत सहित टोलटोलमा पुगेको देखिपछि स्थानीय अगुवाहरुले प्रसंशा गरेका थिए ।
‘राहत दुरुपयोग हुनबाट रोक्ने, लक्षित समूहमै पुग्ने र नगरबासीमासमेत अभिभावक टोलटोलमा आएको अनुभूति हुने काम भएको छ’ सैनामैना वडा नंं. ११ का युवा अगुवा यमलाल खरेलले सैनामैनाको यो कामको प्रसंशा गरे । खरेल नेतृत्वको मदन भण्डारी स्पोर्टस् एकेडेमीले संकलन गरेको राहतको खाद्य सामग्री प्रमुख कार्कीलाई नै हस्तान्तरण गरेको थियो ।

चामल २५ हजार ४ सयम ३१ किलो, एक हजार नौ सय ३३ किलो दाल, एक हजार नौ सयय ३३ किलो नुन, एक हजार नौ सय ३३ किला चिउरा, एक हजार नौ सयय ३३ लिटर खाने तेल र एक हजार नौ सय ३३ ओटा हात धुने साबुन दोस्रो चरणमा वितरण गरिन लागेको प्रमुख कार्कीले जानकारी दिए । अत्यावश्यक परेका खण्डमा भने तत्कालै राहत दिनसक्ने गरी संयन्त्र तयार पारिएको कार्कीले बताए ।

नगरपालिकाले दिएको तथ्यांकमा वडा नं. १ मा तीन सय ९०, वडा नं. २ मा एक सय १८, वडा ३ मा एक सय २७, वडा ४ मा एक सय ९५ तथा वडा ५ मा एक सय ४१, वडा नं. ६ मा दुई सय ३४, वडा ७ मा सात सय नौ जनालाई राहत वितरण सुरु गरिएको छ ।

यसैगरी वडा नं. ८ मा ८९ जना, वडा नं. ९ मा दुई सय ५३, वडा नं. १० मा एक सय ५६ र वडा नं. ११ मा एक सय ५१ घरपरिवारका लागि दोस्रो चरणको राहत वितरण गरिन लागेको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

यस अघि दुई हजार आठ परिवारलाई पहिलो चरणमा राहत वितरण गरि सकिएको नगरपालिकाले जनाएको छ । जस अन्र्तगत १४ हजार सय सय ६२ किलो चामल, दुई हजार आठ किलो दाल, दुई हजार आठ किलो नुन, दुई हजार आठ किलो, चिउरा, दुई हजार आठ लिटर खाने तेल र दुई हजार आठ ओटा हात धुने साबुन वितरण गरि सकिएको सैनामैनाका वरिष्ठ अधिकृत केशव अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १० : १४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो