१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुने



काठमाडौ । आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबर्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’नामको योजना प्रति इकाई रु. १० का दरले १२,५०,००,००० इकाई अर्थात रु.१,२५,००,००,००० (अक्षरुपी एक अर्ब पच्चिस करोड रुपैँया) नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लि. रहेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ३ : ३२ बजे

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे