१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा दाताले दिवङ्गत श्रीमतीको स्मृतिमा रु एक करोड २५ लाखको लागतमा सामुदायिक भवन निर्माण गरेका छन् ।

हाल बेलायतमा रहेका काठमाडौँका डा सुरेश काफ्लेद्वारा दिवङ्गत श्रीमती बिन्दु पराजुली काफ्लेको नाममा स्थापित संस्थाले निर्माण गरेको भवनको आज उद्घाटन गरिएको छ । एक सय तीन वर्षीया धनसरी पाइजा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र बिन्दुका श्रीमान सुरेशले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

‘बिन्दु काफ्ले फाउण्डेसन’ ले एक करोड २५ लाखमा दुईतले भवन निर्माण गरी कोषलाई हस्तान्तरण गरेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । गत २०८२ मङ्सिर महिनादेखि भवन निर्माण सुरु भएको थियो । भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवनको भुई तलामा सभाहल, पहिलो तलामा कोषको सचिवालय र दोस्रो तलामा रहेको एक वटा कोठामा भान्छाकोठा बनाइएको छ ।

कोषको कार्यालय सञ्चालन र गलेश्वर मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनलाई भवन निर्माणपछि सहज भएको अध्यक्ष रेग्मीले बताए । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मग्रन्थमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक नित्य पूजाआजा गरिन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको स्थानीय बताउँछन् ।

स्व बिन्दुका परिवारको गलेश्वर मन्दिरको विकासमा महत्त्वपूर्ण योगदान रहेको छ । बिन्दुका बुवा राधाकृष्ण पराजुलीले गलेश्वर मन्दिर पुनःनिर्माण र विसं २०५७ मा गलेश्वर शिवालय क्षेत्र विकास कोष स्थापना गरेका थिए । राधाकृष्णका छोरा रमेश पराजुलीले गलेश्वर मन्दिरको छानामा पित्तलको जलप लगाउने लगायतका काममा सघाएको कोषले जनाएको छ । विसं २०७३ मा बेलायतमा दिवङ्गत भएकी चिकित्सक रहेकी बिन्दुको इच्छा र स्थानीय आवश्यकताअनुसार भवन निर्माणमा सघाएको सुरेशले बताए ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षकसमेत रहेका बिन्दुका दाजु रमेश र फाउण्डेशनका कोषाध्यक्ष रमेश सुवेदीले निर्माण भएको भवन सदुपयोग हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ९ : ०६ बजे

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर