७ श्रावण २०८३, बिहिबार | July 23, 2026

देउवा सरकार : घस्रेरै बित्यो डेढ महिना



काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे । सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो । तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् ।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवा सरकारलाई ५ मन्त्रीको टेको छ । सरकार अपूर्ण छ, प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ । बजेटमा अन्योल छ । सुशासनमाथि प्रश्न उठेका छन्। संसद बिजनेसविहीन छ । तर, देउवा भने सत्ता सञ्चालनभन्दा पार्टी महाधिवेशनबाट नेतृत्व पुनः हातमा लिने दाउमा लागेको कांग्रेसकै नेताहरू बताउँछन् ।

यसबीचमा न त सरकारले कुनै उल्लेख्य काम गर्न सकेको छ, न त जनताले नयाँ सरकारको अनुभूति गर्न सकेका छन् । ४५ दिनमा देउवा कहाँ-कहाँ फितलो देखिए त ?

देउवा प्रधानमन्त्री बनेको झण्डै डेढ महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । १७ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ । प्रधानमन्त्रीसहित कांग्रेसका ४ (एक राज्यमन्त्री) र माओवादीका २ मन्त्रीको भरमा देश सञ्चालन भइरहेको छ । मन्त्री नहुँदा सरकार सञ्चालनको काम प्रभावित छ भने मन्त्रालयका कामकाज ठप्प छन् ।

मन्त्रिपरिषद् विस्तारमा देउवाले एमाले विभाजनलाई पर्खेको उनी निकट नेताहरू बताउँछन् । निर्वाचन आयोगले एमालेबाट अलग भई माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिएकाले मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई सहज भएको उनीहरूको दाबी छ । सत्ता गठबन्धनका सहयात्री एकीकृत समाजवादीका अध्यक्ष नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग देउवाले मन्त्रिपरिषद्बारे छलफल गरिरहेको स्रोतले बतायो । दाहाल सोमबार बालुवाटार पुगेर मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिन सुझाव दिएको उनका प्रेस सहयोगी विष्णुप्रसाद सापकोटाले जनाए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार केमा अल्झियो भन्ने पत्तो नपाइएको प्रतिक्रिया दिए। ‘जनतामाझ लोकप्रिय हुने मौका शेरबहादुरजीले पाउनुभएको छ,’ पौडेलले भने, ‘तर सरकार केमा अल्झियो भन्ने पत्तो पाइएन । समयमै मन्त्रीमण्डल विस्तार गरेर जनताका काममा अघि बढ्नुपर्ने हो ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने अब गति लिने बताए। ‘सभापतिज्यू केही समय पार्टी महाधिवेशनको काममा अल्झिनुभयो,’ उनले भने, ‘उहाँ (प्रधानमन्त्री) को ध्यान अव सम्पूर्ण रूपमा सरकारमा केन्द्रित हुन्छ । सरकारले गति लिन्छ ।’ विस्तृत समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा नरेन्द्र साउद र सुरेन्द्र काफ्लेले लेखेका छन ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ७ : २३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी