२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बजेटका लागि स्थानीय सरकारलाई गुहार्दै मुक्त कमैया



कञ्चनपुर । सशक्तीकरण र जीविकोपार्जनका लागि आवश्यक बजेटको खोजी गर्दै कञ्चनपुरका मुक्त कमैँया स्थानीय तहमा पुग्न थालेका छन । जीवनस्तर उकास्नका ती निकायबाट कार्यक्रम सञ्चालन हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन ।

कञ्चनपुरका नौवटै स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाएर बजेटको व्यवस्था गर्न माग गरिएको मुक्त कमैया समाजका जिल्ला अध्यक्ष घासिराम रानाले बताए । भूमि सुधार कार्यालय हुँदा मुक्त कमैयाको वृत्तिविकासका लागि घुम्ती कोष सञ्चालन गरिएको थियो । अहिले सो कार्यालय मालपोत कार्यालयमा गाभिएपछि कार्यक्रम आउन छाडेको बताइएको छ ।

‘कोषको सोधीखोजी गर्दै मालपोतमा पुग्दा स्थानीय तहमा कार्यक्रम गएको छ भन्छन्,’ उनले भने, ‘त्यहीँ खोज्न भन्छन्, स्थानीय तहमा जाँदा कार्यक्रम नै नभएको जफाव दिएर फर्काउँछन । कुन ठाउँमा गएर खोज्ने हो पत्तो छैन ।’ मुक्त कमैया लक्षित गरेर बजेट नै आउन छाडेपछि अधिकारको लडाइँ लड्नुपर्ने बेला आएको उनले बताए ।

‘पहिलो चरणमा नौवटै स्थानीय तह, प्रदेश सरकारलाई ध्यानकर्षणपत्र बुझाउँदैछौँ,’ उनले भने, ‘मुक्त कमैयाका बालबालिकाको शिक्षामा पहुँच, पुनःस्थापन, मुक्त कमैया महिला (बुक्रही)लाई परिचयपत्र गराउन माग गरेका छौँ ।’

कमैया अगुवा रामप्रसाद रानाका अनुसार यससँगै सामाजिक सुरक्षा शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइमा उद्योग व्यवसाय प्रवर्द्धनको प्रकृति हेरी अनुदानको व्यवस्थासँगै जमिनमाथिको अधिकार र रोजगारीको प्रत्याभूति गर्न माग गरिएको छ ।

‘मुक्त कमैयाको घर निर्माणका लागि रु १० हजारबाट तत्कालीन जिल्ला वन कार्यालयबाट कटनी मुछानीका लागि कटौती गरेको रकमवापतको काठ उपलब्ध भएको छैन,’ उनले भने, ‘जोखिमयुक्त स्थानमा जग्गा प्रदान गरिएका जग्गाधनी पुर्जा प्राप्त गरेका तर जग्गा जोतभोग गर्नबाट बञ्चितलाई जग्गा सट्टाभर्ना गरिनुपर्छ ।’

जनता आवास कार्यक्रमअन्तर्गत भूमिहीन सुकुम्बासीसँगै मुक्त कमैयालाई अनिवार्य पक्की घरको व्यवस्था हुनुपर्ने उनको माग छ । संवैधानिक व्यवस्थाअनुसार उच्च तहसम्म गुणस्तरीय तथा अनिवार्य निःशुल्क शिक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भए पनि मुक्त कमैयाका बालबालिकाले अझैसम्म निःशुल्क शिक्षा पाउन सकेका छैनन । ‘नीतिगत व्यवस्थाअनुसार विद्यालय तहमा निःशुल्क शिक्षा कार्यान्वयन हुनुपर्ने हो भएको छैन त्यसका लागि पहल हुनु जरुरी छ,’ कमैया महिला जागरण समाजका अध्यक्ष बिनादेवी चौधरीले भनिन्, ‘निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने संस्थाबाट क्षतिपूर्ति भराउने व्यवस्था लागू भएमात्रै यसले सार्थकता पाउँछ ।’

स्थानीय तहबाट हरेक वर्ष कूल मुक्त कमैयाको पाँच प्रतिशत युवालाई निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरिएमात्रै रोजगारमा पहुँच पुग्न सक्ने भएकाले स्थानीय तहले यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । आयआर्जन कार्यक्रम प्याकेजका रूपमा सञ्चालन हुनुपर्ने र मुक्त कमैया बस्तीभित्र सञ्चालित विद्यालयलाई भौतिक पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र सञ्चालन खर्च राज्यले उपलब्ध गराउनुपर्ने मुक्त कमैया इन्द्र चौधरीले बताए ।

स्थानीय तहबाट आरक्षण समूहसरह मुक्त कमैया परिवारलाई जनसङ्ख्याका आधारमा समानुपातिक आरक्षणको व्यवस्था गरिनुपर्ने र वृत्तिविकासको रकम विनियोजन गर्नुपर्ने, उद्योग व्यवसाय प्रवर्द्धनको प्रकृति हेरी मुक्त कमैयालाई राज्यले बिनाब्याजमा कम्तीमा रु पाँच लाख सहुलियत ऋण वा अनुदानको व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ । (रासस)

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ८ : ०७ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि