१६ बैशाख २०८१, आइतबार | April 29, 2024

लकडाउन अवधीको ऋणको व्याज मिनाहा गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीको माग



बुटवल । विश्वभर महामारीका रुपमा फैलिरहेकाने कोरोना संक्रमणवाट होटल तथा रेष्टुरेण्ट व्यवसायीको व्यवसाय संकटग्रस्त भएकोले लकडाउन अवधीको बैंक तथा वित्तिय संस्थावाट लिएको ऋणको व्याज मिनाहा गर्न माग गरिएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघ रुपन्देहीले एक विज्ञप्ति जारी गरि व्यवसायीलाई राहत प्रदान गर्न सरकारले व्यवसायीले व्यवसाय संचालन गर्नका लागि बैंक तथा वित्तिय संस्थावाट लिएको ऋणको व्याज मिनाह गर्न माग गरेको हो ।

लकडाउन अवधीभरमा व्यवसाय संचालन गर्न नसकिएको र व्यवसाय बन्द हुदा आम्दानीको स्रोत्तपनि बन्द भएकाले व्यवसायीले लिएको ऋणको व्याज तिर्न समस्या हुने भएकोले सामाजिक उत्तरदाईत्वलाई मनन गरि व्यवसायीलाई राहत स्वरुप व्याज मिनाह गरि सहयोग गरि दिन संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधव कुमार खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघले यस अघि नै व्यवसायीले घर भाडामा लिएर व्यवसाय संचालन गरेकाको मासिक भाडामा ५० प्रतिशत छुट गरिदिन माग गरेकोमा लकडाउन अवधीभरको घरभाडाको शुल्कमा ५० प्रतिशत छुट दिन घर धनीसंग पुनः आह्वान पनि गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रुपन्देहीमा साना ठुला गरि ६ हजार होटल तथा रेष्टुरेण्ट व्यवसायी रहेका छन । व्यवसायीले व्यवसाय संचालन गर्नका लागि ४ अर्ब भन्दा बढी बैक तथा वित्तियसंस्थावाट ऋण लिएको पनि संघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा लकडाउनका कारण व्यवसाय बन्द हुदा होटल तथा रेष्टुरेण्टमा काम गर्ने कर्मचारी तथा मजदुरको समस्या विकराल हुन गएकोले उनिहरुलाई आफनो घरजाने व्यवस्था मिलाउन पनि सरोकारवालसंग माग गरिएको छ ।

त्यस्तै व्यवसाय बन्द रहेकाले गन्तव्यतर्फ जान पैदल हिडेका यात्रुहरुले खान वस्न नपाउदा सडक छाप सरह हुनु परेको विकराल अवस्थालाई सरकारले ध्यान दिन पनि माग गरिएको छ ।

संघले होटल व्यवसायीको व्यवसाय अगाडी नै स्वास्थ्य परिक्षणको व्यवस्था मिलाई स्वस्थ्य व्यक्तिलाई होटलमा राख्न मिल्ने गरि सिष्टम बनाउनु पर्नेमा समेत जोड दिएको छ । स्थानिय तहहरुले प्रदान गर्ने राहतले सम्बन्धी जिल्लाको वाहेककालाई दिन नपाउने व्यवस्थाले वाहिरी जिल्लाका व्यक्ति रुपन्देही जिल्लामा रहेका र उनिहरुले राहत नपाउदा समस्या भएको पनि विज्ञप्तिमा उललेख गरिएको छ ।

कोरोनाको महामारीको अवस्थामा स्थानिय तहहरु प्रचारमुखिभन्दा पनि समस्या पहिचान गरि समाधान तर्फ गम्भिर हुन जरुरी रहेको संघले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ३३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क