५ पुस २०८२, शनिबार | December 20, 2025

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुग्यो, यसै हप्ता मन्त्रिपरिषदले पूर्णता पाउने



बुटवल । चारदलिय गठबन्धनबाट बनेको लुम्बिनी प्रदेश सरकारले सबै दलका मन्त्रीका आकाक्षीलाई भाग पु¥याउने उद्देश्यका साथ साविक मन्त्रालयहरु टुक्राउने निर्णय गरेको छ । पूर्व मुख्यमन्त्री शंकर पाेखरेलले आफ्नो मुख्यमन्त्रीकाे कार्यकालको अन्तिम समयमा सत्ता जोगाउन शुरु गरेको मन्त्रालय टुक्राउने सृङ्खलालाई नयाँ मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले पनि पछ्याएका छन् । मुख्यमन्त्री केसीको प्रस्तावमा आज बसेको मन्त्रिपरिषदको बैठकले ४ मन्त्रालय थप गरी मन्त्रालयको संख्या १३ मा पुर्‍याउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ बनाउने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। मन्त्रालयको संख्या बढाउन प्रदेश सरकारले विभिन्न मन्त्रालयलाई विभाजन गरेको प्रवक्ता खड्काले जानकारी दिए।

लुम्बिनीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहने छन्।

त्यसैगरि कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन्।

प्रवक्ता खड्काले मन्त्रालय विभाजन लगत्तै यही हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी भएको समेत बताए। जसपाका तीनै जना मन्त्री भएका छन्। लुम्बिनीमा १३ मन्त्री र २ राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रीमण्डल बनाउने मुख्यमन्त्रीले गृहकार्य थालेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ९ : ५३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य