२० असार २०८३, शनिबार | July 4, 2026

माओवादी केन्द्र पहिलो नम्बरको पार्टी नबनी देश बन्दैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डले देश बनाउनका लागि माओवादी केन्द्र पहिलो पार्टी बन्ने पर्ने बताएका छन् । सर्लाही(काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी फेरि पहिलो नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गरेका हुन् ।

उनले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको उल्लेख गर्दै तरपनि उनीहरूले षडयन्त्रको प्रयास नछाडेको स्पष्ट पारे । प्रचण्डले प्रदेश १ र बागमती प्रदेशमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे । प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने बताउँदै संसदमा एमाले अध्यक्ष केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफुले सम्झाएको स्मरण गरे ।

उनले पार्टीलाई एक नम्बरमा ल्याउन कार्यकर्ताहरु शहर छाडेर गाँउ जान आवश्यक रहेको बताउँदै अभियान लिएर गाउँ-गाउँ जान सबै कार्यकर्तालाई आग्रह गरे । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’ उनले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने समेत दावी गरे ।

प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिने जानकारी दिए । कार्यक्रममा सर्लाहीका बिभिन्न दलका कार्यकर्ताहरु पार्टी परित्याग गरेर माओवादी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ६ : ३६ बजे

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने