१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेतृत्व चयन गर्न वाईसीएल असफल, केन्द्रीय समिति मात्र घोषणा गर्दै राष्ट्रिय भेला सकिँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलले नेतृत्व चयन गर्न असफल भएको छ ।

राजधानीमा तीन दिनदेखि जारी भर्चुअल राष्ट्रिय भेलामार्फत वाईसीएलले नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो ।

सम्मेलनमा सहभागी युवाले नेतृत्व छान्न नसकेपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको थियो । तर, माओवादी नेतृत्वले समेत संगठनको नेतृत्व चयन गर्न नसक्दा बाँकी पदाधिकारी र केन्द्रीय समिति पनि चयन हुन सकेको छैन । जसका कारण बन्द सत्र लम्बिएको छ ।

वाईसीएलको नयाँ अध्यक्षमा हालका उपाध्यक्ष सुमन देवकोटा, महासचिव सुवोध शेर्पाली र यशोदा न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । यी मध्ये एक जनालाई छान्न नसकेपछि माओवादी केन्द्रको स्थायी समिति बैठकले नेतृत्व छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

नेतृत्व चयन हुननसकेपछि वाईसीएलको सम्मेलन केन्द्रीय समिति चयन गरेर मात्र सकिने भएको छ । अब केन्द्रीय समिति मात्रै घोषणा हुने बताइएको छ । अध्यक्ष प्रचण्डसँग भेट गरेका युवा प्रतिनिधिहरुलाई उनले केन्द्रीय समति मात्रै घोषणा गरेर सम्मेलन सक्न निर्देशन दिएका छन् । वाईसीएलको केन्द्रीय समिति २३१ सदस्यीय बन्दैछ ।

वाईसीएलका हालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा ४० वर्षे उमेरहदका कारण विदा हुँदैछन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई फ्रयाक्सन इन्चार्ज बनाइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १ : ३२ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको