२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

दार्चुलाको तुइन घटनामा एसएसबीको संलग्नता रहेको छानबिन समितिको ठहर



महेन्द्रनगर । महाकालीको तुइनबाट एक नेपालीलाई खसालिएको सम्बन्धमा गठन भएको छानबिन सकितीले दार्चुला घटनामा भारतीय अर्धसैनिक सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न गठन गरेको समितिले नेपाली युवा धामी टुइनबाट खसेको घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर गरेको हो ।

समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिबेदनमा घटनामा एसएसबीको संलग्नता रहेको पुष्टि भएका कारण कुटनितिक माध्यमबाट संलग्नहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ ।

छानबिन समितिले बुझाएको प्रतिवेदनमा घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा बेपत्ता धामीबाट आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समेत समितिले सिफारिस गरेको जनाईएको छ ।

 

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  १० : ३२ बजे

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले प्रतिनिधिसभाको उपसभामुख