६ पुस २०८२, आइतबार | December 21, 2025

दार्चुलाको तुइन घटनामा एसएसबीको संलग्नता रहेको छानबिन समितिको ठहर



महेन्द्रनगर । महाकालीको तुइनबाट एक नेपालीलाई खसालिएको सम्बन्धमा गठन भएको छानबिन सकितीले दार्चुला घटनामा भारतीय अर्धसैनिक सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर भएको छ । गृह मन्त्रालयले जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न गठन गरेको समितिले नेपाली युवा धामी टुइनबाट खसेको घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर गरेको हो ।

समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिबेदनमा घटनामा एसएसबीको संलग्नता रहेको पुष्टि भएका कारण कुटनितिक माध्यमबाट संलग्नहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको छ ।

छानबिन समितिले बुझाएको प्रतिवेदनमा घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा बेपत्ता धामीबाट आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समेत समितिले सिफारिस गरेको जनाईएको छ ।

 

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  १० : ३२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ