५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी फेरि सरेको छ।

बुधरबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशीमा चढेपनि मुद्दा हेर्न नमिल्नेमा सरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सशस्त्र द्वन्द्वकालको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा सभामुख सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगको मुद्दामाथि सुनुवाइको पेशी चढेको थियो ।

संवैधानिक इजलासमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । तर एक न्यायाधीसले हेर्न नमिल्ने भएपछि पेशी सरेको हो । न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेका थिए ।

यो मुद्दाको पेशी यसअघि ३० फागुन २०७६ मा चढेको थियो । तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

केही मानवअधिकारको पक्षमा वकालत गर्दै आएका चरण प्रसाईं, कपिल श्रेष्ठ, कनकमणि दीक्षित, सुशील प्याकुरले लगायतका केही व्यक्तिको सुझावअनुसार लामाकी पत्नी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।

काभ्रेका लामा २०६२ बैशाख १६ गते अपहरणमा परेका थिए । उनको सोही वर्षको साउनमा हत्या भएको थियो । आफ्ना पतिको हत्या गर्न माओवादीका तत्कालिन नेता अग्निप्रसाद सापकोटाले निर्देशन दिएको भन्दै लामाकी पत्नीले २०६४ सालमा काभ्रे प्रहरीमा जाहेरी दिएकी थिइन । तर, प्रहरीले जाहेरी नबुझेपछि पूर्णिमाया लामाले सर्वोच्च अदालतमा उजुरी दिएकी थिइन । अदालतको आदेशअनुसार प्रहरीले जाहेरी बुझेपनि सो जाहेरी तामेलीमा राख्ने निर्णय भएपछि पूर्णिमाया पुनः सर्वोच्च गएकी थिइन । सापकोटा विरुद्ध पछि कनकमणि दीक्षित र सुशील प्याकुरेलले अलगअलग मुद्दा दर्ता गराएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  १२ : ३४ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको