२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

सभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी फेरि सरेको छ।

बुधरबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशीमा चढेपनि मुद्दा हेर्न नमिल्नेमा सरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध सशस्त्र द्वन्द्वकालको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा सभामुख सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगको मुद्दामाथि सुनुवाइको पेशी चढेको थियो ।

संवैधानिक इजलासमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । तर एक न्यायाधीसले हेर्न नमिल्ने भएपछि पेशी सरेको हो । न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेका थिए ।

यो मुद्दाको पेशी यसअघि ३० फागुन २०७६ मा चढेको थियो । तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

केही मानवअधिकारको पक्षमा वकालत गर्दै आएका चरण प्रसाईं, कपिल श्रेष्ठ, कनकमणि दीक्षित, सुशील प्याकुरले लगायतका केही व्यक्तिको सुझावअनुसार लामाकी पत्नी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् ।

काभ्रेका लामा २०६२ बैशाख १६ गते अपहरणमा परेका थिए । उनको सोही वर्षको साउनमा हत्या भएको थियो । आफ्ना पतिको हत्या गर्न माओवादीका तत्कालिन नेता अग्निप्रसाद सापकोटाले निर्देशन दिएको भन्दै लामाकी पत्नीले २०६४ सालमा काभ्रे प्रहरीमा जाहेरी दिएकी थिइन । तर, प्रहरीले जाहेरी नबुझेपछि पूर्णिमाया लामाले सर्वोच्च अदालतमा उजुरी दिएकी थिइन । अदालतको आदेशअनुसार प्रहरीले जाहेरी बुझेपनि सो जाहेरी तामेलीमा राख्ने निर्णय भएपछि पूर्णिमाया पुनः सर्वोच्च गएकी थिइन । सापकोटा विरुद्ध पछि कनकमणि दीक्षित र सुशील प्याकुरेलले अलगअलग मुद्दा दर्ता गराएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  १२ : ३४ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व