२२ बैशाख २०८१, शनिबार | May 4, 2024

अब यसरी तिर्न सकिन्छ मोबाइलबाटै ट्राफिक जरिवाना



काठमाडौं । ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिवानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो ।

महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ ।

डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले यो नयाँ व्यवस्थाले जरिमाना तिर्न बैंकमै जानुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सवारी नियम उल्लंघन गरेका चालकले अब क्यूआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिए ।

उनले भने, ‘जरिमाना ठाउँको ठाउँ मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ ।’ क्यूआर कोडलाई क्विक रेस्पोन्स कोड भनेर पनि बुझ्न सकिन्छ । यो सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजलजस्तो देखिन्छ । क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता, बैंकको खाता नम्बर भएको प्रविधिले पहिचान गर्न सक्छ ।

पछिल्लो समयमा स्मार्टफोनमै क्यूआर कोड स्क्यानरको सुविधा उपलब्ध हुन थालेको छ । यसले यो प्रविधिको प्रयोग सजिलो र सुविधाजनक भएको छ । यस्तै, ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन चलाउनेविरुद्ध रातको समयमा पनि कारबाही सुरु गरेको छ ।

रातको समयमा तीव्र गतिमा सवारीसाधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्ने भन्दै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो । महाशाखाका अनुसार कोटेश्वर-सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा सो अभियान थालिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले पछिल्लो समयमा चौडा सडकखण्डमा बढी दुर्घटना हुने गरेको देखिएकाले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको जानकारी दिए ।

त्यसो त ट्राफिक प्रहरीले लामो समयदेखि दिउँसोको समयमा तीव्र गतिमा सवारी चलाउने ३५र४० जना चालकलाई लेजर गनमार्फत कारबाही गर्दै आएको छ । सो अभियान प्रभावकारी भएपछि रातको समयमा पनि सुरु गरिएको हो । भट्टराई नाइट भिजन लेजर स्पिड गनको प्रयोगले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ७ : ०६ बजे

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

तिलोत्तमामा १ महिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन सम्बन्धि नि:शुल्क तालिम शुरू

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मा एकमहिने

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२०

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ