३१ श्रावण २०८३, आइतबार | August 17, 2026

सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने



काठमाडौं । सरकारले सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ भने खारेज गरिएको छ ।

निर्देशिकाले कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर तथा इमेल, नागरिक बडापत्र, फारमसहितका विवरण राख्नुपर्ने, सबै सरकारी कार्यालयका वेबसाइटमा एक रुपताका लागि सूचना प्रविधि विभागले तयार गरेको ‘नमूना’मा आधारित भएर वेबसाइट बनाउनुपर्ने व्यवस्थासमेत गरेको छ ।

निर्देशिकामा भनिएको छ, “वेबसाइट निर्माण गरेपछि सुरक्षण परीक्षण गर्नुपर्ने र प्रत्येक वर्ष त्यसको अवस्थाबारे सूचना प्रविधि विभागबाट जाँच गर्नुपर्ने, वेबसाइटलाई सबैको पहुँचयोग्य बनाउने, सरल र विश्वसनीय बनाउने, वेबसाइटमा उपलब्ध हुने सामग्री एचटीएमएल, पीडीएफ र वर्ड ढाँचामा हुनुपर्ने छ ।”

निर्देशिकाले सरकारी वेबसाइटलाई सरकारको एकीकृत डाटा सेन्टरमा होस्ट गनुपर्ने र कमजोर गतिको इन्टरनेटमा पनि खुल्न सक्ने तथा मोबाइलमा पनि सजिलै खुल्ने र हेर्न मिल्ने गरी वेबसाइट बनाउनुपर्ने व्यवस्था गरेको छ । निर्देशिका अनुसार कार्यालयका पदाधिकारी र ठेगाना परिवर्तन भएमा २४ घण्टाभित्र अद्यावधिक गर्नुपर्ने छ । रासस

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ७ : २८ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण